थाई-नेपाली सङ्घ, बैंकक शाखाको आठौँ कार्यकालको प्रथम त्रैमासिक बैठक सामाजिक भवनमा 7 जुन 2026 मा भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। बैठकमा शाखा समिति, उपशाखा समिति, विभागीय समितिहरू, महिला विभाग समिति, संरक्षक, विशेष सल्लाहकारहरू तथा अन्य आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न समसामयिक विषयहरूमा गहन छलफल भएको थियो। विशेष गरी “युवाका लागि समाज कि समाजका लागि युवा” भन्ने महत्त्वपूर्ण विषयमा विचार-विमर्श, सुझाव तथा शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो। अध्यक्षले सबैलाई स्वागत गर्नुहुँदा, उपाध्यक्षले बैठकमा उठेका विषयमा स्पष्टीकरण दिएका थिए। साथै, नेपाली भाषा साहित्य १० कक्षा उत्तीर्ण विद्यार्थीलाइ प्रमाणपत्र वितरण गर्दै हौसला पनि प्रदान गरिएको थियो।
बैठकका क्रममा संरक्षक र विशेष सल्लाहकारले त्रैमासिक बैठकको महत्त्व र सङ्घको सामाजिक उत्तरदायित्वका बारेमा महत्वपूर्ण मार्गदर्शन दिएका थिए। विभिन्न विभागीय र उपशाखाहरूले आआफ्नो विवरण प्रस्तुत गरे। उहाँहरूको अनुभव, सुझाव र प्रेरणाले बैठकलाई थप फलदायी बनाएको थियो।
बैठकले एकता, सहकार्य, युवा सहभागिता र सामाजिक सेवाका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। यस सफल कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, विशेष सल्लाहकार, अतिथिवर्ग तथा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गरिएको छ।
स्रोत: Facebook Post हेर्नुहोस्